Loading...

Saturday, August 25, 2012

सुष्मालाई आफ्नो चलचित्रमा 'आइटम डान्स' गराउनेहरुको होडबाजी

"उध्रेको चोली छ है तै पनि लाइन्छ यो " गीतले तीन जनालाई प्रत्यक्ष फाइदा पुर्‍यायो। पहिलो चलचित्र 'लुट'का निर्माता, दोस्रो गायिका इन्दिरा जोशी र तेस्रो नृत्याङ्गना सुष्मा  कार्की। लुटका निर्माता २७ लाखको चलचित्रले ४ करोडको व्यापार गरेपछि दंग परे। गायिका जोशी यही गीत गाउँदै देश-विदेशको सयरमा  मग्न भइन्। नर्तकी सुष्मालाई त्यसपछि थुप्रै चलचित्रमा आइटम नृत्यका प्रस्ताव आए। कुनै सँग 'डिल' मिलेन भने कुनैले भनेजतिको  पारिश्रमिक नदिने भएपछि उनले काम गरिनन्। 'उध्रेको चोली'ले बजार पिटेपछि सुष्मालाई आफ्नो चलचित्रमा 'आइटम डान्स' गराउन हो डबाजी नै चलिरहेको अवस्था थियो, तर एउटा गीतमा...
नाच्ने नर्तकीलाई चलचित्रकी मुख्य नायिकाको भन्दा बढी पारिश्रमिक दिनुपर्ने भएपछि  धेरैजना पछि हटे। लुटको निर्देशकको कौशल, सौगात मल्ल र दयाहाङ राईको अभिनय तथा उध्रेको चोली गीत र नृत्यका कारण चलचित्र चलेको हो भन्ने  सुष्माले चलचित्रको छायांकनका बेलामा लापर्वाही गरिएको बताइन्। 'मैले उक्त गीतमा मात्र ३० हजार पारिश्रमिक लिएर नृत्य गरें। छायांकन  हुने बेलासम्म पनि मैले लगाउने पहिरनको टुंगो थिएन। पहिरन आएपछि लगाएर हेर्दा ठूलो साइजको रहेछ अनि मैले त्यसलाई पिनअप गरेर  म्यानेज गरेँ। गीत अनुसारको नृत्य निर्देशन पनि नहुँदा सोचेजस्तो परिणाम आएन। तैपनि दर्शकहरूले उक्त गीत मन पराउनुभयो, मलाई  त्यसमै खुसी छ।' -उनले भनिन्। सुष्माले चारवटा चलचित्रमा आइटम डान्स गरिसकेकी छिन्, जिन्दगानी दर्पणछायाँ, औजार, मेरो लभस्टोरी र  लुट।

'लुट' प्रदर्शन हुनुअगावै उनी नायिका भएका चलचित्र 'गुरुदक्षिणा' र 'के यो माया हो ?' आइसकेकाले पनि आफूलाई आइटम डान्सर ट्याट  मात्र भिराउन नहुने उनको तर्क छ। 'खै त, लुटपछि मैले आइटम डान्स गरेकै छैन, बरु नायिका भएकी छु,' -उनले भनिन्। साँच्चै चोली  उधारेपछि सुष्मा आफ्नो करियरमा आइटम डान्सरको छाप पर्ला कि भनेर डराएकी थिइन्, तर त्यसो भएन। अहिले उनी एकल नायिकाका  रूपमा छाउँदै छिन्। उनको आगामी चलचित्र 'बिन्दास'को चर्चा चुलिएको छ। स्तनलाई दुई हातले च्यापेर उनले खिचाएको तस्बिर अंकित  चलचित्रको पोस्टर अहिले चर्चाको शिखरमा छ। 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute