Loading...

Friday, June 21, 2013

विना मल्लिकलद्वारा जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो शुट

बलिउडमा संघर्ष गरिरहेकी पाकिस्तानी अभिनेत्री विना मल्लिकले आफ्नो आउँदै गरेको चलचित्र जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो शुट गराएकी छन् ।
यस अघि टपलेस फोटोशुटका कारण निकै चर्चा र बिवादमा रहेकी बिनाले पछिल्लो पटक यस्तो फोटो शुट गराएकी हुन् । उक्त चलचित्र जिन्दगी फिप्टी–फिप्टीको राजिव रुइयाले निर्देशन गर्नेछन् । चलचित्र जिन्दगी फिप्टी–फिप्टीमा बिना मल्लिकले एक सेक्स वर्करको भूमिका निर्वाह गर्नेछिन् ।
यद्यपी त्यस्तो असोभनिय भूमिका उनले निभाउने नरहेको निर्माण पक्षले जनाएको छ । उक्त भूमिकाको झल्को बिनाले फोटो शुटमा पनि दिएकी छन् । चलचित्रमा बिना कालो


रंगको बिकिनी पहिरियर निकै हट दृष्य दिने निर्माण पक्षले जनाएको छ ।
यो संगै बिनाले बलिउड चलचित्र द सिटी द्याट नेभर स्लीप्समा पनि आफ्नो जवानी पस्कीसकेकी छन् । चलचित्र जिन्दगी फिप्टी–फिप्टीका लागि आँफुले निकै मेहनत गरेको भन्दै बिनाले आशाबादी पनि रहेको बताएकी छन् ।

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute