एक अनलाइन पत्रिकालाई प्रभावशाली र तगडा रोल पाए अश्लील फिल्म खेल्न पनि रेडी भएको स्टेटमेन्ट दिएर चर्चामा आएकी हुन् चुम्बन केसी अर्थात सोनिया केसी ।चर्चामा आउन यस्ता स्टेटमेन्ट दिएपनि उनी फिल्मा सिलसिलाकी प्रभावशाली चुम्वन गर्ने नायिका भने अवश्य हुन् । उनकै चुम्बन हेर्न सिलसिला हेर्न जाने दर्शक भने हिस्सै परे । चुम्बनको व्यापक प्रचार गरिएपनि फिलममा भने केहि देखिएन । फिल्मले काठमाण्डौका हलमा बाहिरका हलमा जस्तो प्रभाव जमाउन सकेन ।त्यसैले होला, अचेल सोनिया आफुलाई चुम्बन गर्ने नायिका भनेर कसैले कमेन्ट गरेमा सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ भनेर मुखाले जवाफ दिने...
गरेकी छिन् । यस्ती बहुमुखि प्रतिभाकी धनीलाई चुम्बन गर्ने रोलमात्रै किन अफर गरिएका होलान् ।
गरेकी छिन् । यस्ती बहुमुखि प्रतिभाकी धनीलाई चुम्बन गर्ने रोलमात्रै किन अफर गरिएका होलान् ।
नायिका सोनिया केसी नेपाली सिनेमामा विशेषगरी ग्ल्यामर नायिकाको रुपमा चिनीन्छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र सिलसिलामा नायक राज तिमील्सेनासँग सोनियाले खाएको किसको चर्चा धेरै नै भएको थियो । उनै नायिका सोनिया केसी यसपछि भने केही सिनेमामा देखिईन् जहाँ उनको भुमिका नायकसँग नाच्ने रह्यो । चलचित्र क्षेत्रमा उनको छवि सेक्सी नायिकाको रुपमा चिनीन्छ । अंगदर्शनको कुरामा पनि सोनिया खुलेरै अघि देखिन्छिन् ।
तर, उनै नायिका सोनियालाई भने निर्माता रिमेश अधिकारीले चलचित्र विरासतमा फरक भुमिका दिएका छन् । चलचित्रभित्र सोनियाको ग्ल्यामर भुमिका र कुनै चुम्वनको दृश्य हेर्न पाईदैन । चलचित्रको मुख्य कलाकार नै के.सी हुन्, निर्माता रिमेशले भने । यही चैत्र १७ गतेवाट रिलीजमा आउन लागेको चलचित्र विरासतमा सोनियाले थुप्रै द्धन्दका दृश्यहरु दिएकी छिन् । एउटा द्धन्दप्रधान सिनेमामा नायकले गर्ने जस्तो भुमिका नायिका सोनीया केसीले विरासतमा गरेको निर्माण पक्षको दावी छ । गोविन्द गौतमको निर्देशनमा तयार भएको चलचित्रमा उनका साथमा नायक भुवन केसी पनि देखिएका छन् । अन्य व्यानरको सिनेमा नखेल्ने नायक केसीले यो सिनेमा खेल्नु आफैमा पनि अचम्मको कुरा हो ।
भुवनलाई समेत यो सिनेमाभित्र नायिका केसीले नै वचाएकी छिन् । एउटा छोराले गर्न सक्ने काम एउटा छोरीले पनि गर्न सक्छिन्, भन्ने देखाउन खोजीएको छ, आफ्नो सिनेमाको वारेमा निर्माता रिमेश अधिकारीले भने । अव, ग्ल्यामर छविलाइ छोडेर द्धन्दको धार समातेकी सोनियालाई विरासतले वचाउँछ या वचाउँदैन यो त हेर्न वाँकी छ । तर, सोनियाले यो भुमिका पनि फापेन भने उनको सिनेमा करिअर नै धरापमा पर्ने पक्का छ ।















Nepalese Rupee Converter
0 comments:
Post a Comment