Loading...

Tuesday, September 20, 2011

समाजसेवी अन्ना हजारेको समर्थनमा नाङ्गो फिल्म

समाजसेवी अन्ना हजारेको समर्थनमा बलिण्डका अभिनेत्री र मोडलहरुको नाँगो समर्थन उर्लिएको छ । बलिउडकी नयाँ अभिनेत्री अमिषा यादवले आफ्नो आगामी फिल्म ‘करप्सन’ मा नग्न दृश्य दिएर सनसनी मच्चाएकी छिन् । अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रेरित भएर बनाउन लागिएको फिल्म करप्सनमा अमिषाले मुख्य भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मको विषय महिला केन्द्रत भएको बताइएको छ , जहाँ गाउँकी एउटी त्यस्ती युवतीको कथा समावेश छ जो पुलिसबाट बलात्कृत हुन्छिन् ।  कथावस्तु अनुसार यसरी प्रहरीबाट बलात्कृत भएकी युवती भ्रष्ट तन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिन्छिन् र नग्न भएर ...


आन्दोलन गर्छिन् ।फिल्मका निर्देशक आर एस नाथका अनुसार यो फिल्मको सुटि मुम्बइ लगायतका लोकेशनमा गरिएको छ । हेरौँ चलचित्रले भनेजस्तै भूमिकामा अमिषाको निर्वस्त्र पोज सुहाउँछ की सुहाउँदैन । अर्थात् अन्ना हजारेको आन्दोलनमा अमिषाको नांगो रुपले सहयोग गर्छ की गर्दैन ।
जे होस् आजकल बलिउडका नयाँ अभिनेत्रीहरुमा निर्वस्त्र पोज दिएर वा अर्धनग्न बनेर हिट हुने मात नै चढेको छ । पूनम पाण्डे देखि लिएर कविता राधेश्याम यस मेलोमा अगाडि लागेका छन् । मनिषा यादवले सायद उनीहरुकै बाटो पछ्याएकी होलिन् ।
Source: Onlinekhabar

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute