नायिका डेनिस रिचडर्सले अमेरिकी रक गिटारवादक रिची साम्बोरा तथा उनकी श्रीमती हिथर लकलियरको सम्बन्ध-विच्छेद हुनुमा आफ्नो कुनै भूमिका नभएको दाबी गरेकी छिन्। डेनिसका अनुसार साम्बोराले उनीसँग नजिक हुनुभन्दा अघि नै सम्बन्ध-विच्छेदको कागजपत्र अदालतमा दायर गरिसकेका थिए। डेनिस सन् २००६ देखि साम्बोरासँग नजिकिएकी हुन्। त्योभन्दा केही अघि मात्र उनको अभिनेता चार्ली शीनसँगको वैवाहिक जीवन टुक्रिएको थियो। डेनिसले भनेकी छिन्— 'म र साम्बोरा असल साथी थियौं र हामी दुवैको आफ्ना दम्पतीसँग सम्बन्ध-विच्छेद भएको थियो। त्यसैले पनि हामी एक-अर्काको नजिक आएका थियौं...
'तर कसैको श्रीमान पनि मैले चोरेको छैन।
'तर कसैको श्रीमान पनि मैले चोरेको छैन।
दर्जन श्रीमानको चाहना
मोडल केटती प्राइस केवल दुई श्रीमान्सम्ममा मात्र सीमित हुन चाहन्नन्। उनी अनुमान गर्छिन्, भविष्यमा कम से कम थप १० जना पुरुष उनको जीवनमा श्रीमान्का रूपमा आउन सक्छन्। ३३ वषर्ीया टेलिभिजन नायिका प्राइसले दुई पटक विवाह गरिसकेकी छिन्। उनको पहिलो विवाह पिटर एन्डरसँग भएको थियो। पिटरका तर्फबाट उनका दुई सन्तान पनि छन्। उनले दोस्रो विवाह एलेक्स रिडसँग गरिन्। रिडसँग विवाह गरेको एक वर्षपछि नै सम्बन्ध-विच्छेद भयो। प्राइसका अनुसार उनले आफ्नो जीवनमा कम्तीमा १२ जना श्रीमान्को अपेक्षा गरेकी छिन्। प्राइस ठट्टा गर्दै भन्छिन्— 'श्रीमान् नै एक दर्जन भएपछि छोरा-छोरी त कति-कति !'















Nepalese Rupee Converter
0 comments:
Post a Comment