Loading...

Thursday, July 7, 2011

'रियल लाइफ' बोलको गीतको भिडियो काठमाडौंमा

युक्रेनमा जन्मिएकी रुसी गायिका भेरा भिज्नेभाले 'रियल लाइफ' बोलको गीतको भिडियो काठमाडौंमा खिचाएकी छिन्। युट्युबमा पनि हेर्न पाइने भिडियोमा काठमाडौंका सबैखाले जीवनशैली र दृश्य अटाइएको छ।अहिले रुसी हिट सूचीको १७ औं स्थानमा पुगेको यो गीत दुई महिनाअघि रिलिज भएको हो। एक म्यागेजिनले गरेको  सर्भेले उनलाई रसियाकै सबैभन्दा बढी कामुक महिला रहेको देखाएको थियो। सबैभन्दा कामुक महिला  युट्युबमा मात्रै आठ लाखभन्दा बढीले हेरिसकेको उनको भिडियोमा स्वयम्भु, पाटन, भक्तपुर, वसन्तपुर, पुराना गल्ली र व्यस्त सडकहरू हेर्न पाइन्छ। त्यस्तै कुमाले, पसले र पैदलयात्रुहरूका दृश्य पनि भिडियोमा...
समावेश छ। एउटा झोलुंगे पुलमा समेत नाचेकी छिन् भेरा।भीडले भरिएका काठमाडौंका सडकगल्लीमा भेरा गाउँदै नाच्दै गरेको प्रसंग भिडियोले टिपेको छ। भिडियो वैशाख २२ मा रिलिज भएको थियो।
'जीवन र आस्था'का बारे रहेको भिडियोमा विभिन्न सन्देश समावेश छ। काठमाडौंलाई आकर्षक, पुरानो र भिन्न जीवनशैली भएको सहरको रूपमा चित्रण गर्न गीत सफल देखिन्छ।
टिभी कार्यक्रम सञ्चालिका, अभिनेत्री र गायिका रहेकी भेराको अहिलेसम्म एउटा एल्बम निस्किएको छ। तर, उनले दुई वर्षअघि निकालेको गीत युक्रेन र रुस दुवैतिर नम्बर एकमा उक्लिएको थियो। उनको गायन सुरुवात सामुहिक रूपमा सुरु भएको थियो। तर, तीन वर्षदेखि उनी एक्लै गाइरहेकी छिन्।
काठमाडौंमा खिचिएको भिडियो

For More Video: Click Here
स्रोत नागरिक न्युज 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute