Loading...

Wednesday, May 4, 2011

सबैभन्दा रोमान्टिक जोडी

चलचित्र 'टाइटानिक' का लियोनार्दे डि क्यापि्रयो तथा केट विन्सलेटको जोडीलाई पर्दाको सर्वकालिक सबैभन्दा रोमान्टिक जोडीको उपाधि प्रदान गरिएको छ । उनीहरूको यो जोडीले 'गन्स विद द विन्ड' को क्लार्क गेबल तथा विवियन लेको जोडीलाई पछि पार्दै उपाधिमाथि कब्जा जमाएको हो । दर्शकहरूमाझ गरिएको एउटा विस्तृत सर्वेक्षणमा 'टाइटानिक' का ज्याक तथा रोजको जोडीले सबैभन्दा बढी मत पाएको थियो । मतदान गर्नेमध्ये अधिकांश दर्शकका अनुसार 'टाइटानिक' को अन्तिम एक घण्टामा देखाइएको प्रेमकथा अहिलेसम्म हलिउडमा देखाइएको सबैभन्दा उत्कृष्ट प्रेमकथा हो। सन् १९९७ मा सार्वजनिक भएको उक्त चलचित्रले... 


११ वटा ओस्कार एवार्ड जितेको थियो । कोरियाली चलचित्रकाठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासले गत चैत २१ देखि २५ गतेसम्म छैटौं कोरियाली चलचित्र उत्सव सम्पन्न गरेको छ । उत्सव कमलपोखरीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रमा भएको थियो । नेपाली दर्शकले कोरियाली चलचित्र निकै रुचाएकाले दूतावासले २०१० देखि वर्षको दुई पटक चलचित्र उत्सव गर्न थालेको छ । महोत्सवमा प्रदर्शन गरिएका कोरियाली चलचित्रमध्ये नेपाली दर्शकले 'माई स्यासी गर्ल' तथा 'हुन्डाई' मन पराएका थिए । महोत्सवमा अन्य दुई चलचित्र पनि प्रदर्शन गरिएको थियो ।
 स्रोत: साप्ताहिक

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute