Loading...

Thursday, May 5, 2011

म अझैसम्म कुमारी छु मेरो बिहे भएको छैन

बाटुलो मुहार, त्यो मुहारले मुस्कान छर्दा गालामा डिम्पल पर्ने । त्यसैले सबैले 'आहा कस्ती राम्री, नायिका जस्तै' भन्छन् उनलाई । तर नायिका हैनन उनी । नायिका बन्ने सपना थाँती राखेर उनी गत वर्ष मोडलिङमा छिरिन् । 'मिस इ कलेज-२०१०'मा मिस बेस्ट हेयरको उपाधि पनि जितिन् । यिनी हुन् मोडल मोनिका खड्का । पछिल्लो समय मोडलिङ छाउँदै गरेकी मोनिका निकै फर्साईलोसँग बोल्छिन् र भन्छिन पनि,' मलाई साथीहरुले यो बढी बोल्छे भन्छन् । सबैसँग हाँसेर मिठोसँग बोल्नु नराम्रो हो त सर ?'
ललितपुर सुनाकोठीकी यी मोडलको अर्को परिचय हो ब्युटिसियन । मानिसलाई सुन्दर पार्न निक्कै खप्पीस छिन् उनी । त्यसैले ललितपुरकै कुमारीपाटीमा नेचर ब्युटी क्लब सँञ्चालन गर्दै...


आएकी छिन् मोनिकाले । ललितपुरकै लगनखेल स्थित ग्लोबल भिलेज कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनर मोनिकाको सपना हो,' हवाइ परी बन्नु । त्यसैले उनले एयरहोस्टेजको प्रशिक्षण लिँदैछिन् । २१ बसन्तको सँघारमा पुगेकी मोनिकाका थुप्रै केटा साथी छन् । तर अँग्रेजी शब्द ब्वाईफ्रेन्ड ले जनाउने प्रेमी छैनन् । ब्वाई फ्रेन्ड बन्न उनलाई अनगिन्ती प्रस्तवा पनि नआउने हैनन, । तर मनले खाएको पाएकी छैनन उनले ।
कस्तोलाई उनको मनले खान्छ त ? जवाफमा लाजको लाली छर्दै मन्द मुस्कानका साथ उनले भनिन्,' बिबाह गर्ने प्रेमी (ब्वाईफ्रेन्ड) भने छैन । सुन्दर, शुशिल, मेरा भावनालाई बुझ्ने पाएँ भने मात्र प्रेम गर्छु ।' त्यो प्रेमीले आफुलाई जीवनभर पति बनेर साथ दिनु पर्ने उनको सर्त छ । सेक्सको बारेमा खुलेर कुरा गर्ने मोनिकाले फेरी पनि केही सँकोच मन्दै भनिन्,'प्रकृतिले सबैलाई सेक्स दिएको छ । यसको बारेमा बहस गर्न के को लाज ?' यसो भन्दैमा सामाजिक मर्याद नाघेर सेक्सको चर्चा गर्नु र विवाह अघि मन मिल्यो भन्दै यौन सम्बन्ध राख्नु राम्रो हैन भन्ने सुझाब छ उनको । स्रोत: अन्लाईन खबर  

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute