Loading...

Saturday, May 21, 2011

पुनम रियालिटी शोदेखि लिएर फेसन शोसम्म व्यस्त

सार्वजनिकरुपमै नाङ्गिन अघिसर्ने भारतीय मोडेल पुनम पाण्डेलाई अर्धनग्न हुन के को लाज । भारत, बंगलादेश र श्रीलङ्काले संयुक्तरुपमा आयोजना गरेको विश्व क्रिकेट प्रतियोगिताको ट्रफी भारतीय टिमले जिते राष्ट्रिय क्रिकेट खेलाडिहरु सामू नाङ्गिने घोषणपछि पुनम एकएक चर्चामा आएकी थिइन् । मौका आएपछि आफू निर्वस्त्र हुने पुनमको अर्को बोल्ड निर्णयले विभिन्न पत्रपत्रिका तथा मेडियामा हेडलाइन बनाएको थियो । आफूलाई चर्चामा राखिराख्न उनी अहिले नयाँ नयाँ डिजाइनका फेसनेबल पहिरनमा सजिएर रातो कार्पेट माथि क्याटवाक गर्दै हिडेकी छिन् । उनको त्यो कलकलाउदो जोवन...

 अनि सुन्दरताले धेरैलाई भुतुक्कै बनाएको छ । पुनमलाई अहिले रियालिटी शोदेखि लिएर फेसन शोसम्म भ्याईनभ्याई छ । कुनै पनि न्युड (नाङ्गो) शोका लागि उनी तम्तयार देखिन्छिन् । दर्शकहरुबाट मिलेको वाहवाह र बढ्दो लोकप्रियताले पुनम झन हौसिएकी छिन् । हालै एक फेसन शोमा सहभागी भएकी पुनमको केहि तस्वीर: तस्वीरः सिनेइन्ड्या डटकम


सेक्सी गर्ल खोज्दै अमीर खान
भारतीय बलिउड उद्योगमा ‘पर्फेक्टसनिस्ट’ संज्ञा पाएका आमीर खान अहिले सेक्सी र आइटम गर्लको खोजीमा दिनरात लागेका छन् । सुन्दरी युवतीको पछाडि आमीर ? कतै अर्को बिहे त हैन ? वास्तवमा आमीरलाई आफ्नो होम प्रडक्सनमा बन्न लागेको फिल्म ‘दिल्ली बेली’ का लागि आइटम गर्ल चाहिएको हो ।

आमीरका भान्जा तथा नवनायक इमरान खानले चर्चित नायिका कैटरीना कैफको नाम सिफारिस गरेका छन् । आमीरलाई पनि कैटरीना मन नपरेको त हैन । तर आमीर डराए कैटरीनाका भूतपुर्व प्रेमी सलमान खानसँग । उनले आफ्ना भान्जा इमरानलाई भने- मलाई सलमानको जुत्ता खानु छैन । आमीरले एउटा गल्ती के गरेका छन् भने उनले एक शब्द पनि नसोधि कैटरीनालाई फिल्ममा लिन चाहेनन् ।
इमरान पनि फिल्ममा एक खास भूमिकामा देखा पर्दैछन् । सायद आइटम सङ्गमा कैटरीनासँग नाच्ने इमरानको ठूलो रहर थियो । कठै Û इमरानको सपना चकनाचुर बनेको छ । कैटरीनासँग तात्ने इमरानको रहर त अधुरो रहने निश्चित भैसकेको छ । इमरानले जानीजानी सलमानसँग खतरा मोलेका छन् । कैटरीनाको जवानीकै कारण आफूले उनको नाम लिएको बताएका इमरानले अब कहिले सलमानको कुटाइ खाने हुन्, त्यो हेर्न बाँकी छ ।

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute