Loading...

Wednesday, May 4, 2011

एकातिर अभिनेता इमरान हासमीलाई सिरियल किसरका रुपमा चिनिन्छ भने अर्कातिर अभिनेता सलमान खानले आफ्नो २२ वर्षको करियर अहिलेसम्म अनस्क्रिन किस गरेका छैनन्। यद्यपि आगामी चलचित्रमा भने अभिनेता सलमान खानको यो रेकर्ड ताडिंदैछ। सलमानलाई निर्देशक अनिस बाज्मीको चलचित्र 'रेडी' मा किस गरेको देख्न पाइनेछ। चलचित्रमा सलमानलाई गजनी फेम अभिनेत्री असिनसितको किस सिनमा देख्न पाइनेछ। सुरुमा सलमान र असिन दुवैले किस सिन दिन आनाकानी गरे पनि निर्देशक बाज्मीले चलचित्रमा उक्त सिनको महत्त्व बुझाएपछि उनीहरू उक्त दृश्यका लागि तयार भएको  बताइन्छ। मेलोड्रामाको समय थपिए...


पछि कोरियाली मेलोड्रामाका पारखीहरूलाई.खुसीको खबर। 'थ्रोन बर्ड्स' शीर्षकको लोकपि्रय मेलोड्रामाको अवधि थपिएको छ। दर्शकले अत्यन्त रुचाएपछि यो ड्रामामा २० वटा श्रृंखला थप गरिएको हो। पहिले ड्रामामा ४ भाग मात्र थप्ने तयारी थियो, तर दर्शकको रुचिका आधार २० भाग थप गरियो। यसअघि थप दुई कोरियाली मेलो ड्रामा 'रोयल फेमिली' को दुई भाग तथा '४९ डेज' को कथामै केही परिर्वतन ल्याइएको थियो। 'थ्रोन बर्ड्सको कथावस्तु दर्शकले मन पराइरहेका छन्, ड्रामाका निर्देशक भन्छन्— 'ड्रामाको उत्तराद्धमा हेन हि-जिन, जो साङ-उक तथा किम मिन-जङबीचको त्रिकोणात्मक प्रेमकथाले लिने नयाँ मोड दर्शकहरूका लागि नौलो हुनेछ।'

स्रोत: साप्ताहिक 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute