हलिउड नायिका केटी प्राइसले आफ्ना पुरुष मित्रहरूसँगको अन्तरंग सम्बन्धको अनुभव सार्वजनिक गरेकी छिन्। प्राइसले आफ्नो जीवनमा आएका थुप्रै पुरुषमध्ये डेन बोवर्सले मात्र आफूलाई साँचो माया गरेको अनुभव सुनाएकी छिन्। यसअघि दुईवटा विवाह गरिसकेकी प्राइसले पहिलो श्रीमान्का तर्फबाट तीनवटा सन्तान पनि जन्माइसकेकी छिन्। प्राइस अहिले अर्जेन्टिनाका चर्चित मोडल लिएन्ड्रो पेनसँग समय बिताइरहेकी छिन्। यसअघि उनले पिटर आन्द्रे तथा एलेक्स रिडसँग विवाह गरेकी थिइन्। प्राइस भन्छिन्— 'मैले संगत गरेका पुरुषहरूमध्ये बोवर्स मात्र त्यस्ता व्यक्ति हुन्, जसले मलाई साँचो माया गरे। उनीसँग छुट्टिएपछि म भावनात्मक रूपले समेत विक्षिप्त...
भएकी थिएँ।' प्राइसले बोवर्ससँग छुट्टिनुअघि उनले अरू कसैसँग समय बिताएकी थिइनन्। चर्चित अमेरिकी नायिका रकेल वेल्चले अल टाइमबीच बिकनी एवार्ड प्रतियोगितामा सबैभन्दा बढी मत प्राप्त गरेकी छिन्। रमाइलो कुरा के छ भने उक्त प्रतियोगितामा वेल्चकी प्रतिस्पर्धीका रूपमा किम कारदशियन पनि सहभागी थिइन् तर ७० वर्षीया यी नायिकाले किमलाई पनि पछि पारेकी छिन्। सन् ६० तथा ७० को दशकमा बिकिनीमार्फत वेल्चले प्रस्तुत गरेको हाउभाउका कारण किम पछि परेकी हुन्। प्रतियोगितामा किमका अतिरिक्त हेली बेरी, बियोन्स नोल्स, सिन्डी क्राफोर्ड तथा टायरा ब्याङ्कजस्ता चर्चित सुन्दरीहरू सहभागी थिए

स्रोत: साप्ताहिक

Nepalese Rupee Converter
0 comments:
Post a Comment