Loading...

Thursday, March 10, 2011

यौनदृश्यमा सहजता

पप गायक जस्टिन टिम्बरलेकले आफ्नो आगामी चलचित्रमा नायिका मिला कुनिससँगको प्रेम दृश्यमा अभिनय गर्न निकै सहज भएको बताएका छन् ।  डेलीस्टार डटकमका अनुसार ३० वर्षीय टिम्बरलेक आगामी चलचित्र 'फ्रेन्ड्स विद बेनिफिट्स' मा कुनिससँग केही अन्तरंग दृश्यमा प्रस्तुत हुँदैछन् । 'यौ नदृश्यमा अभिनय गर्न जसलाई पनि गाह्रो हुन्छ,' टिम्बरलेक भन्छन्— 'तर मलाई भने कुनै असहजता महसुस भएन ।' टिम्बरलेकले चलचित्रको उक्त दृश्यलाई दर्शकले पनि सहजताका साथ स्वीकार गर्ने अनुमान गरेका छन् । हलिउड नायिका एनी हाथवेले आमा बन्ने चाहना व्यक्त गरेकी छिन् । समस्या के छ भने उनले आगामी २०१६ सम्म...


विवाह नगर्ने योजना पनि  बनाइसकेकी छिन् । कन्ट्याक्ट म्यूजिक डटकमका अनुसार हाथवे अहिले अभिनेता एडमसँग डेटिङ गरिरहेकी छिन् । उनी आगामी पाँच वर्षभित्रमा जसरी  भए पनि आमा बनेरै छाड्ने बताउँछिन् । एनी भन्छिन्— 'अहिले नै विवाह गर्ने मेरो कुनै योजना छैन, तर जब उचित समय आउँछ, विवाहका बारेमा  पनि सोच्नेछु । यद्यपि म के कुरामा ढुक्क छु भने चाँडै नै मेरो काखमा एउटा शिशु खेलिरहेको हुनेछ ।'
स्रोत: साप्ताहिक

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute