Loading...

Thursday, June 16, 2011

मिसेज नेपाल–२०११’की ‘मिसेज फोटो जेनिक

उनी ‘मिसेज नेपाल–२०११’की ‘मिसेज फोटो जेनिक’ हुन् । उमेरले २५ बसन्तमा छिन उनी । तर देख्नेहरु सबै उनलाई १७ वर्षकी भन्छन् । यिनी हुन् गायिका तथा मोडल लक्ष्मी क्षेत्री तामाङ । भारतको कोलकात्तामा जन्मेर उतै हुर्कीएकी उनको सपना थियो चर्चित गायिका बन्नु । सोही सपना साकार पार्न काठमाडौं आएकी उनी पछिल्लो पुस्तामाझ पप र आधुनिक गायिकाको रुपमा चर्चित छिन् ।राहुल प्रधानको ‘राहुल एन्ड द रिदम’ ब्यान्डमा भोकलिस्ट रहेकी उनले आधा दशक अघि पप गीतिसँग्रह ‘एटेन्सन’ स्रोतामाझ ल्याएकी थिईन् । गायक श्रीमान बिकाश तामाङसँग मिलेर हालै बजारमा ल्याएको दोस्रो गीतिसँग्रह ‘अन द वे’का गीतबाट उनी अहिले...
चर्चामा छिन् । हुन पनि उनको सो संग्रहको हिडेँ आज म…, किन आज यसरी…लगायतका गीत अहिले निकै चर्चामा छन् । अझ हिडेँ आज म… गीत त पोखराको अन्नपूर्ण म्यूजिक अवार्डमा मनोनयमा समेत परेको थियो । चलचित्र बेरोजगार तथा थुप्रै टेली फिल्ममा शीर्ष गीत गाईसकेकी लक्ष्मीका तीन दर्जन गीत रेकर्ड छन् । गायिका भएकै कारण उनलाई मन पराउने र मायाँ गर्नेहरु धेरै छन् । तर आफु विवाहित भएकाले भ्रममा नपर्न उनको अनुरोध छ ।

गायन र मोडलिङ सँगै चलचित्रमा पनि अभिनय गर्ने उनको रहर छ,‘नाटकमा त धेरै पटक अभिनय गरिसकेकी छु । अब चलचित्रमा अभिनय गर्ने इच्छा छ ।’ उनले हाँस्दै भनिन् । मिसेज नेपाल–२०११मा सहभागी भएर व्यक्तित्व विकाश सहित थुप्रै ज्ञान हाँसिल गरेको उनले बताईन्,‘मिसेज नेपाल हुन नसकेपनि मिसेज नेपाल फोटो जेनिकको उपाधि जितेकोमा म सन्तुष्ट छु ।’ उनले भनिन् । पेशाले लक्ष्मी व्युटीसियन पनि हुन् । फुर्सदमा खाना पकाउन रुचाउने उनी नृत्यमा पनि त्यत्तिकै कुसल छिन् । स्रोत: अनलाइन खबर 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute